समाचार

“नेपालमा युवा र महिलाको नागरिक र राजनीतिक क्षेत्र सक्षम पार्ने रणनीतिक कार्यशाला” काभ्रेको धुलिखेलमा सम्पन्न

SHARE THE NEWS

Share on facebook
Share on twitter
Share on email
Share on print

More News

No posts found!

महिला सेवा संस्था, नेपालको आयोजनामा २०८० जेठ ११ र १२ गते “नेपालमा युवा र महिलाको नागरिक र राजनीतिक क्षेत्र सक्षम पार्ने रणनीतिक कार्यशाला” काभ्रेको धुलिखेलमा सम्पन्न भयो । यस कार्यशाला प्लान इन्टरन्याशनल र फेडोको साझेदारीमा सम्पन्न भएको हो । जसमा सांसद, राजनीतिज्ञ, पत्रकार, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, युवा प्रतिनिधि र कानुनविद्हरू गरी जम्मा २९ जना महिलाहरूको सहभागिता रहेको थियो ।

कार्यशालामा “विश्वदेखि नेपालसम्मको महिला क्रान्ति”का सम्बन्धमा लैङ्गिक तथा शिक्षाविद् शान्ता श्रेष्ठले, “महिलासम्बन्धी कानुनमा गरिएको व्यवस्था”का सम्बन्धमा अधिवक्ता विष्णुमाया भुषालले र “नेपालमा युवा र महिलाको नागरिक र राजनीतिक क्षेत्र सक्षम पार्ने रणनीति”का सम्बन्धमा WSI Nepal अध्यक्ष तथा NGO Federation का उपाध्यक्ष भावना भट्टले आ–आफ्नो प्रस्तुतीबाट प्रष्ट पार्नुभएको थियो ।

आगामी दिनमा अघि बढ्न सांसद, राजनीतिज्ञ, पत्रकार, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, युवा र कानुनविद्हरू रहने गरी बहुव्यावसायिक महिला फोरम (Multi professional women forum) गठन गरिएको थियो ।