महिला सेवा संस्था (WSI), नेपाल र नेशनल डेमोक्रेटिक इन्स्टिच्युट (NDI), नेपालको संयुक्त आयोजनामा निर्वाचन प्रणालीः चुनौती र सुधारका अवसरहरूबारे छलफल कार्यक्रम २०८१ साउन २९ गते सम्पन्न भएको छ । जसमा प्रमुख सबै राजनीतिक दलका महिला नेता, महिला भगिनी संगठनका प्रमुख तथा प्रतिनिधिह्रू, प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य, संविधान सभा सदस्यलगायत नागरिक समाजका प्रतिनिधिसहित करिब ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा WSI की अध्यक्ष भावना भट्टले छलफलको विषयवस्तुलाई सहजीकरण गर्नुभएको थियो । कार्यक्रम लैङ्गिक समानता र सामाजिक समावेशिताका सवालमा संविधानमा समावेश सवाल, निर्वाचन प्रणाली, प्रस्तावित निर्वाचन विधेयक, संविधान संशोधनको प्रसंग, सर्वोच्चको आदेश, समानुपातिक समावेशीको सिद्धान्त र कार्यान्वयनका लागि राजनीतिक दलसम्बद्ध महिला नेता, सांसद, भगिनी सङ्गठन, सञ्चार र नागरिक क्षेत्रको भूमिकामा केन्द्रित रह्यो । छलफलले संयुक्तरूपमा आगामी योजनाबारे रणनीति तय गरेको छ ।