महिला सेवा संस्था (डब्लूएसआई), नेपालको आयोजना र Accountability Lab को सहकार्यमा २०८१ चैत २७ गते काठमाडौँमा निर्वाचन आयोगले तयार पारेको राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन मस्यौदा नेपाल सरकारलाई बुझाउने तयारी गरिरहेको सन्दर्भमा, संशोधन मस्यौदामा समावेश गरिएका विषयवस्तु र यसले पार्ने प्रभावका बारेमा विशेषतः लैङ्गिक समानता तथा सामाजिक समावेशीको दृष्टिकोणबाट धारणा निर्माणका लागि छलफल कार्यक्रम सम्पन्न भयो । जसमा मुख्य राजनीतिक दलका वरिष्ठ महिला नेता, राजनीतिक दलका महिला सङ्गठन प्रमुख, महिला सांसदहरू उपस्थित हुनुको साथै सो विषयवस्तुमा आ–आफ्नो धारणा राख्नुभएको थियोे भने केही सामाजिक क्षेत्रका विषयगत सवालमा अध्ययन र नेतृत्व गर्ने व्यक्ति, पत्रकार र अधिवक्तालगायतको सहभागिता रहेको थियो ।
